(Japan) 19 th April | 2024 | Friday | 11:55:30 AM || (Nepal) 8:40:30 AM
 
 


केशव स्थापितलाई यौन दुर्व्यवहार आरोपबारे सोध्दा सार्वजनिक कार्यक्रममै जाईलागे

  POSTED ON : Friday, 29 April, 2022 | Views : 2322

केशव स्थापितलाई यौन दुर्व्यवहार आरोपबारे सोध्दा सार्वजनिक कार्यक्रममै जाईलागे


काठमाडौं, नेपाल ।

यौन दुर्व्यवहारसम्बन्धी आरोप खेप्दै आएका नेकपा एमालेका काठमाडौं महानगरका मेयर उम्मेदवार केशव स्थापित प्रश्नकर्तामाथि सार्वजनिक कार्यक्रममै खनिएका छन् । विवादका बिच एमालेले मेयर उम्मेदवार बनाउँदा सर्वत्र आलोचना भइरहँदा आफुलाई प्रश्न गर्ने महिलामाथि स्थापितले सार्वजनिक कार्यक्रममा बसेको सिटबाट उठेर हप्किदप्किको भाषा प्रयोग गरेका हुन् ।

यौन दुर्व्यवहारसम्बन्धी प्रश्न आएपछि जंगिएका स्थापितले प्रश्नकर्ता महिलालाई अनुहार राम्रो भएपनि थुतुनो राम्रो नभएको भन्दै हप्काएका छन् ।

धुम्बाराहीस्थित नेशनल कलेजले बिहीबार आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा स्थापितलाई यौन दुर्व्यवहार सम्बन्धी प्रश्न सोधिएको थियो ।

उनीमाथि यौन दुर्व्यवहारको विषयमा प्रश्न सोधेपछि जंगिएका थिए । “यो बैनीको फेस त नाइस छ तर थुतुनो भएन,” स्थापितले भनेका छन् ।

अहिले स्थापितको भिडियो सामाजिक सञ्जालमा सर्वत्र छाउनुका साथै उनको आलोचना र बिरोध बढ्दै गएको छ ।