(Japan) 19 th April | 2024 | Friday | 6:39:05 PM || (Nepal) 3:24:05 PM
 
 


कुलमान घिसिङ माओवादीको चुनावी प्रचारमा !

  POSTED ON : Wednesday, 13 April, 2022 | Views : 3072

कुलमान घिसिङ माओवादीको चुनावी प्रचारमा !


काठमाडौं, नेपाल ।

सत्तारुढ नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर राखेर चुनावी पोष्टर सार्वजनिक गरेको छ ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको चुनावी पोष्टरमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको पनि तस्बिर राखिएको हो । 

जसमा अध्यक्ष प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्मासँगै माओवादीले घिसिङको तस्बिर राखेर ‘अध्याँरोबाट उज्यालोतर्फ’ उल्लेख गर्दै चुनावी पोष्टर सार्वजनिक गरेको छ ।

तस्बिर सार्वजनिक भएपछि घिसिङले आफ्नो असहमतिका बाबजुद तस्बिर राखिएको बताएका छन ।