(Japan) 27 th September | 2022 | Tuesday | 6:00:25 PM || (Nepal) 2:45:25 PM
 
 

शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा १६५ सांसदले विश्वासको मत दिए

  POSTED ON : Monday, 19 July, 2021 | Views : 2120

शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा १६५ सांसदले विश्वासको मत दिए


काठमाडौं, नेपाल ।

प्रधानमन्त्री शेरबहादुर देउवाले १ सय ६५ जना सांसदको विश्वासको मत पाएका छन् । संसदमा देउवाले प्रधानमन्त्रीका रुपमा विश्वासको मत मागेपछि पक्षमा १६५, विपक्षमा ८३ र तटस्थ १ मत परेको छ ।

देउवाई एमाले अध्यक्ष तथा भुतपूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्षका केही सांसदले पनि देउवालाई विश्वासको मत दिएका थिए ।

सर्वोच्चले संविधानको धारा ७६ को ५ बमोजिम प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा दलीय ह्वीप नलाग्ने व्याख्या गरेको थियो ।

देउवालाई कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकटका केही सांसद, माधव कुमार नेपाल समूहका केही सांसद, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका सांसदको मत प्राप्त भएको थियो ।

आईतबार संसद्मा उपस्थित सांसदको संख्या २४९ थियो ।

एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका जसपाका महन्थ ठाकुर पक्षका सांसदहरुले समेत साथ दिएपछि उनले सजिलै विश्वासको मत प्राप्त गरेका हुन्। असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

पाँच दलीय गठबन्धनका माओवादी, जसपा, राष्ट्रिय जनमोर्चा र एमालेको नेपाल पक्षको समर्थन पाएपछि देउवाले पुन:स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिने निर्णय गरेका थिए।

विश्वासको मत पाएसँगै देउवाले अब यो प्रतिनिधिसभाको पूरा कार्यकाल सरकार चलाउने छन्। अब प्रतिनिधिसभाको कार्यकाल करिब डेढ वर्ष बाँकी रहेको छ। यो समय गुजारेपछि देउवाले आगामी प्रतिनिधिसभाको निर्वाचन गराएर विदा हुनेछन्।