(Japan) 15 th December | 2025 | Monday | 11:08:15 AM || (Nepal) 7:53:15 AM
 
 


नेपाल प्रहरी महानिरीक्षकमा दान बहादुर कार्की नियुक्त

  POSTED ON : Tuesday, 11 November, 2025 | Views : 544

नेपाल प्रहरी महानिरीक्षकमा दान बहादुर कार्की नियुक्त


काठमाडौँ, नेपाल ।

सरकारले नेपाल प्रहरीको महानिरिक्षकमा दान बहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कार्कीलाई महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए । 

कार्कीलाई कात्तिक २७ गतेदेखि लागू हुनेगरी महानिरीक्षक नियुक्त गरिएको हो । 


हालका प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले बुधबारदेखि अवकाश पाउने भएपछि कार्की नियुक्त भएका हुन्। उनी एआइजीको वरीयतामा १ नम्बरमा थिए। 

उनीसहित राजन अधिकारी, डा.मनोज केसी र सिद्धिबिक्रम शाह आइजिपीका प्रतिस्पर्धी थिए।