(Japan) 16 th February | 2026 | Monday | 9:07:18 AM || (Nepal) 5:52:18 AM
 
 


राज्य ढुकुटीमा काँग्रेसको रजाईं : जनताको करबाट काँग्रेस भातृसंस्थाको भवन बनाउन ३ करोड बजेट

  POSTED ON : Saturday, 07 June, 2025 | Views : 838

राज्य ढुकुटीमा काँग्रेसको रजाईं : जनताको करबाट काँग्रेस भातृसंस्थाको भवन बनाउन ३ करोड बजेट


काठमाडौं, नेपाल ।

सरकारमा भएका दलहरुले जनताको करबाट असुल गरिएको राज्य ढुकुटीमा कतिसम्म रजाईं र दुरुपयोग गरिरहेका छन् भन्ने उदाहरण हो सरकारी बजेट काँग्रेस भातृसंस्थाको भवन बनाउन तीन करोड छुट्याएको घटना ।

नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलको भवन निर्माणका लागि शहरी विकास मन्त्री प्रकाशमान सिंहले तीन करोड बजेट विनियोजन गर्न लगाएको खुलासा भएको छ ।

शहरी विकास मन्त्रालयले ‘गणेशमान सिंह स्मृति भवन निर्माण’ नाममा तरुण दलको भवन बनाउन बजेट छुट्याएको हो । मन्त्रालयले गणेशमान स्मृति भनवको नाममा बजेट विनियोजन गरेको भए पनि यो तरुण दलको भवन हो ।

तरुण दलका अध्यक्ष विद्वान गुरुङले वक्तव्य जारी गर्दै भवन निर्माणका लागि बजेट विनियोजन गरेकोमा प्रकाशमान सिंहलाई धन्यवाद भनेका छन् । गुरुङले बजेटका लागि पहल गरिएको भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई धन्यवाद दिएका छन् ।

शहरी विकासमन्त्री कांग्रेसकै प्रकाशमान सिंह छन् । तरुण दलले उनलाई पनि बजेट विनियोजन गरिदिएको भन्दै आभार प्रकट गरेको छ ।