काठमाडौँ, नेपाल ।
वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । मंगलबार दिउँसो ७१ वर्षको उमेरमा थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा नेता नेपालको निधन भएको हो ।
लामो समयदेखि पार्किन्सन्स रोगबाट ग्रसित उनी केही दिनदेखि अस्पताल भर्ना भएका थिए । उनलाई सोमबार आईसीयूमा सारिएको थियो ।
पछिल्लो समय पार्किन्सन्ससँगै निमोनिया पनि देखिएको थियो।
रोगले शिथिल बनाउँदै लगेपछि उनी राजनीतिबाट निष्क्रिय बनेका थिए ।