काठमाडौं, नेपाल ।
अखिल क्रान्तिकारीको अध्यक्षमा प्रकाश सापकोटा निर्वाचित भएका छन् ।
माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा विजय प्रकाश सापकोटा निर्वाचित भएका हुन् । २३औँ राष्ट्रिय सम्मेलनमा अध्यक्षको प्रत्यासीमा प्रकाश सापकोटा, हेमन्त राई, उपदेश यादव, सुदिन पौडेल र योगेन्द्र बुढा थिए ।
३२ वर्षे उमेर हद लागु भएपछि गत शनिबार नयाँ नेतृत्व चयनका लागि मतदान भएको थियो । अन्तिम मत परिणाम केहीबेरमा सार्वजनिक हुने निर्वाचन समितिको भनाइ छ ।
महासचिवमा रोशन थापा मगर निर्वाचित भएका छन् । महासचिवको प्रत्यासीमा तिर्सना हमाल, पदम काफ्ले, प्रतिक कार्की, शिव बस्नेत, श्याम मिजार, संजय महतो र सञ्जिव फुयाँल थिए ।