काठमाडौं, नेपाल ।
आफुलाई प्रजातान्त्रिक पार्टिको हर्ताकर्ता बताउने नेपाली कांग्रेसको शनिवारको निर्णय सुन्नुभयो भने तपाईंलाई हासो उठ्छ । सत्तारुढ कांग्रेसले हालै सरकारले ल्याएका बिबादास्पद अध्यादेशहरुमा आफ्ना फरक मत वा असहमति भए पनि संसद्मा सांसदहरुलाई बिरोध नगर्न निर्देशन सहित निर्णय नै गरेको छ।
शनिबार सिंहदरबारमा बसेको नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी, मन्त्री र संसदीय दलको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो ।
संसदीय दलको बैठकमा पनि यसबारे थप छलफल हुने र संसद्मा एउटै स्वरका साथ प्रस्तुत हुने निर्णय भएको प्रमुख सचेतक श्याम घिमिरले जानकारी दिए।
उनले भने, ‘भोलि र पर्सि संसदीय दलमा सांसदहरुका बीचमा पनि सघनरुपमा छलफल गरेर नेपाली कांग्रेस एउटै आवाज, एउटै स्वरका साथ संसद्मा प्रस्तुत हुने र बाहिर पनि प्रस्तुत हुँदा एकढिक्का भएर प्रस्तुत हुने भन्ने निर्णय भएको छ।’
बैठकमा सभापति शेरबहादुर देउवाले केही कुरा भए अहिले नै भन्न तर संसद् र बाहिर गएर फरक मत नराख्न निर्देशन दिएको घिमिरेको भनाइ छ।
देउवाको भनाइ उदृद्ध गर्दै उनले भने, ‘केही कुरा छन् भने यहीभित्र कुरा राखौं, नेपाली कांग्रेस एक भएर संसद् अधिवेशनमा प्रस्तुत हुने र बाहिर पनि एक भएर प्रस्तुत हुने भन्ने नै सभापतिज्यूको निर्देशन हो।’
बैठकमा गृहमन्त्री रमेश लेखककले सरकारका कामकारबाहीबारे जानकारी दिएका थिए भने स्वाथ्यमन्त्री र कृषिमन्त्रीले आफ्नो मन्त्रालयका बारेमा बोलेका थिए । तर नेपाली कांग्रेसका देउवा पक्ष बाहेक सबै नेताहरुले बिबादास्पद बिधेयक र सरकारका कामको बिरोध गर्दै आएका छन ।
जनस्थरमा समेत चर्को बिरोध भइरहेको छ ।