काठमाडौं, नेपाल ।
विदेश जान विमानस्थल पुगेका आठ हजार ५९९ नागरिकलाई अध्यागमनले विमानस्थलबाटै फर्काएको छ । यो सन् २०२४ मा अध्यागमनले फर्काएको विवरण हो ।
शंकास्पद भ्रमण भन्दै अध्यागमनले हरेक दिनजसो एक न एकजनालाई ‘अफलोड’ गर्दै आएको छ । फर्काइएका मध्ये अधिकांश घुम्न जाने भन्दै रोजगारीका लागि बिदेश जान खोज्नेलाई फर्काइएको अध्यागमनका अधिकारीको भनाइ छ । कतिपय कालोसूचीमा रहेकालाई पनि अध्यागमनले फर्काउने गरेको छ ।
मुख्यगरी भिजिट भिसामा विदेशी जान खोज्नेलाई अध्यागमन अधिकृतहरूले फर्काउने गरेका छन् । अध्यागमनको यस्तो प्रवृत्तिले भ्रमण गर्ने नागरिक अधिकारकै हनन भएको भनेर समेत आलोचना हुँदै आएको छ । अध्यागमन अधिकारीले भने विदेशमा पुगेर समस्यामा नपरून् भनेर फर्काइने गरिएको बताउने गरेको छ ।
तर, सेटिङमा भने भिजिट भिसामा धेरैलाई विदेश पठाउने गरेको आरोप अध्यागमन अधिकारीहरुमाथि लाग्दै आएको छ । प्रहरी अनुसन्धानमा समेत यस्तो सेटिङ पुष्टि भइसकेको छ ।