(Japan) 13 th November | 2025 | Thursday | 9:15:39 PM || (Nepal) 6:00:39 PM
 
 


काठमाडौं अदालतले रवि लामिछानेलाई फेरि हिरासत पठायो

  POSTED ON : Monday, 13 January, 2025 | Views : 838

काठमाडौं अदालतले रवि लामिछानेलाई फेरि हिरासत पठायो


काठमाडौं, नेपाल ।

काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई फेरि न्यायिक हिरासतमा पठाएको छ । लामिछानेको बयान सकिएपनि बहस नभएको कारण देखाएर जिल्ला अदालत काठमाडौंका न्यायाधिश माधव अधिकारीले लामिछानेलाई न्यायिक हिरासतमा पठाउने भन्दै प्रहरी हिरासतमा राख्न आदेश दिएका हुन् ।

लामिछाने जिल्ला अदालत काठमाडौँमा आइतबार बिहान ८ः३० मा उपस्थित भएका थिए । उनको बयान न्यायाधीश माधव अधिकारीको इजलासमा भएको थियो । चाँडै नै बयान सकिएको भएपनि बहसका लागि सरकारी वकिलले तयारी नभएको भन्दै समय मागेर अलमल गरेका थिए । त्यसपछि न्यायाधीश अधिकारीले न्यायिक हिरासतमा पठाउने आदेश गरेका हुन् । 

सुर्यदर्शन सहकारी प्रकरणमा जिल्ला अदालत कास्कीबाट धरौटीमा रिहा भएपछि आइतबार लामिछाने कार्यालय समय अघिनै काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका थिए । 

काठमाडौँमा उनलाई कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोप लगाउँदै मुद्दा दायर गरिएको छ । जिल्ला प्रहरी कार्यालय काठमाडौँको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले लामिछाने लगायत ३९ जना विरुद्ध मुद्दा दायर गरेको थियो । 

सोही मुद्दाको प्रक्रियाका लागि लामिछाने आफैँ अदालत उपस्थित भएका थिए ।