(Japan) 17 th February | 2025 | Monday | 9:56:26 AM || (Nepal) 6:41:26 AM
 
 


दुर्गा प्रसाई तीन लाख धरौटी बुझाएर छुटे

  POSTED ON : Friday, 10 January, 2025 | Views : 470

दुर्गा प्रसाई तीन लाख धरौटी बुझाएर छुटे


काठमाडौं, नेपाल ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई जिल्ला अदालत काठमाडौंले तीन लाख धरौटीमा रिहा गरेको छ । उनी धरौटी रकम बुझाएर बिहीबार रिहा भएको श्रेस्तेदार रामु शर्माले जानकारी दिएका छन । 


थुनछेक बहसपछि न्यायाधीश ठाकुरप्रसाद खरेलले धरौटी माग गर्ने आदेश गरेका हुन् । प्रसाईका साथै नवीन प्रधान भन्ने हरिचन्द्र फुयाँल र रामचन्द्र मैनालीलाई पनि प्रतिवादी कायम गरिएको थियो । उनीहरु भने धरौटी बुझाउन नआएको जिल्ला अदालतले जनाएको छ ।


प्रसाईसमेत तीनै जनाविरुद्ध संगठित रुपमा आपराधिक लाभ लिएको कसूरमा मुद्दा चलाइएको थियो । २४ पुसमा केन्द्रीय अनुसन्धान ब्युरोको प्रतिवेदनअनुसार जिल्ला सरकारी वकीलको कार्यालयले मुद्दा दर्ता गरेको थियो ।


नेपाल राष्ट्र बैंकका महाप्रसाद अधिकारीलाई उनले धम्क्याएकोसमेत भेटिएपछि उनीविरुद्ध यो कसूरमा पनि मुद्दा चलेको हो । यसअघि व्यवसायीहरु पवन गोल्यान र दीपेन्द्र अग्रवालले समेत प्रसाईविरुद्ध उजुरी दिएका थिए । प्रसाईमाथि साइबर अपराधका मुद्दा समेत जिल्ला अदालतमा विचाराधीन छन् ।