(Japan) 17 th February | 2025 | Monday | 9:35:07 AM || (Nepal) 6:20:07 AM
 
 


रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले परिवारको जिम्मा लगायो, मुद्वा परेका जिल्लामा आफै उपस्थित हुने

  POSTED ON : Friday, 10 January, 2025 | Views : 750

रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले परिवारको जिम्मा लगायो, मुद्वा परेका जिल्लामा आफै उपस्थित हुने


कास्की, नेपाल ।

जिल्ला अदालत कास्कीले धरौटीमा छाड्न आदेश दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ । 


लामिछाने काठमाडौ जिल्ला अदालतमा आफै उपस्थित हुने गरी प्रहरिले पुन पक्राउ नगरि रिहा गरेको हो ।

 

कास्की जिल्ला अदालतले मुद्दा चलेका अन्य जिल्लामा आफै उपस्थित हुने गरि लामिछानेलाई परिवारको जिम्मा लगाएको हो । 


कास्कीमा छुटे लगत्तै प्रहरीले पक्राउ गरेर काठमाडौं लैजाने भनिएकोमा रवि लामिछाने जिल्ला अदालत काठमाडौंमा आफैं उपस्थित हुने भएपछि अदालतले मागे बमोजिम ६५ लाख धरौटिमा छुटेका हुन । 


लामिछाने ८४ दिनमा रिहा भएका हुन । सहकारी रकम हिनामिना प्रकरणमा गत कात्तिक २ गते काठमाडौंमा पक्राउ परेका लामिछाने ८४ दिनपछि बिहीबार (आज) रिहा भएका हुन्।