(Japan) 17 th February | 2025 | Monday | 9:28:09 AM || (Nepal) 6:13:09 AM
 
 


विद्युतको बिल नतिरेपछि कुलमानले काटिदिए कांग्रेस संसदीय दल कार्यालयको लाइन

  POSTED ON : Friday, 10 January, 2025 | Views : 350

विद्युतको बिल नतिरेपछि कुलमानले काटिदिए कांग्रेस संसदीय दल कार्यालयको लाइन


काठमाडौं, नेपाल ।

नेपाल विद्युत प्राधिकरणले नेपाली कांग्रेस संसदीय दलको कार्यालयको लाइन काटिदिएको छ । प्राधिकरणले बिहीवार बिहान संसदीय दल कार्यालयको लाइन काटेको हो ।


तीन महिनासम्म बत्तिको बिल नतिर्दा प्राधिकरणले लाइन काट्ने गरेको छ । संघीय संसद सचिवालयले समयमै बिल नतिर्दा लाइन काटिएको प्राधिकरणका कर्मचारीहरुले जनाएका छन ।


करिव ६५ हजार रुपैयाँ कांग्रेस संसदीय दलको कार्यालयले विद्युतको बिल तिर्न बाँकी रहेको छ ।


स्मरणिय छ हाल उर्जा मन्त्री नेपाली कांग्रेसका बिबादास्पद सांसद  दीपक खड्का रहेका छन । मन्त्री खड्काले प्राधिकरण र त्यसका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अर्बौ रुपैयाँको विद्युतको बिल तिर्न बाँकी रहेका ब्यापारिसँग रकम असुल गर्न असहयोग र अवरोध गर्दै आएका छन् ।