बिराटनगर, काठमाडौं ।
नेकपा एमालेका नेता तथा प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले लुक्न सहयोग गरेकी श्रीमती अञ्जना कोइराला अदालतमा उपस्थित भएकी छिन् ।
नेपाल प्रहरीले एकपटक सोधपुछ समेत नगरी राजनीतिक दबावमा फरार भन्दै मुद्दा दायर गरेपछि बुधबार अदालतमा हाजिर भएको मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले पुष्टि गरेका छन् । उनका अनुसार कोइरालाको बयान पछि थुनछेक बहस सुरू हुनेछ ।
सहकारी ठगी प्रकरणमा मुछिएपछि उनी लुक्दै बसेकी थिइन्, प्रहरीले उनि फरार भनेको थियो ।
मोरङको धनपालथान ४ कर्सिया बजारस्थित उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणमा नाम मुछिएपछि अदालतले पुस २ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। लगत्तै उनी लुक्दै आएकी थिइन् र
सहकारी संकटमा परेपछि कोइरालाले ५ माघ २०७८ मा सहकारीबाट राजीनामा दिएकी थिइन्। सहकारी ठगीमा श्रीमतीको नाम मुछिएपछि एमाले नेता लेखा समिति सभापति पोखरेलको राजीनामामो माग उठेपनि एमालेले उनको बचाउ गर्दै आएको छ ।
केही दिनअघि बसेको प्रतिनिधिसभा अन्तरगतको सार्वजनिक लेखा समिति बैठकमा सांसदहरूले सभापति पोखरेलको राजीनमा मागेका थिए ।
सरकारको नेतृत्व गरिरहेका एमाले सांसदकी श्रीमती सहकारी ठगीमा मुछिएपछि स्वयं सभापति पोखरेलले पदबाट राजीनामा दिनुपर्ने सांसदहरूको माग छ ।