(Japan) 17 th February | 2025 | Monday | 9:18:02 AM || (Nepal) 6:03:02 AM
 
 


सर्वेन्द्र खनालले एमाले छाडे, दुई बर्ष नपुग्दै ओलिसँग अघाए

  POSTED ON : Monday, 06 January, 2025 | Views : 636

सर्वेन्द्र खनालले एमाले छाडे, दुई बर्ष नपुग्दै ओलिसँग अघाए


काठमाडौं, नेपाल ।

बढो तामझामका साथ केपी ओलीबाट अबिर, खादा लगाएर नेकपा एमाले प्रवेश गरेका नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले दुई बर्ष नपुग्दै नेकपा एमाले पार्टि छाडेका छन् ।

नेपाल प्रहरीमा रहँदा होस् वा एमाले प्रवेश गर्ने हल्लाका समयमै तत्कालीन जनता समाजवादी पार्टीका सांसद सुरेन्द्र यादव अपहरणमा एमाले नेता महेश बस्नेतसँगै संलग्न रहेका खनालले आईतबार आफु नेकपा एमाले पार्टिमा नरहेको सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।

उनले एमाले नेता तथा सांसद महेश बस्नेतसँग सांसद यादवलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको स्वयं सांसद यादवले बताएका थिए ।

एमाले प्रवेशपछि केपी ओलीसँग निकट ठानिएका खनाल उनै ओली एमालेको अध्यक्ष तथा प्रधानमन्त्री रहेकै समयमा पार्टि परित्याग गर्नुलाई खनालले अहिले आफू राजनीतिक दलबाट स्वतन्त्र हुन चाहेको तर्क गरेका छन् ।

उनले आफू पहिलेदेखि नै निष्क्रिय रहेको र अब स्वतन्त्र जीवन यापनका लागि राजनीतिबाट टाढा हुन खोजेको तर्क गरेका छन् ।

खनालले भनेका छन् “मेरो निष्क्रियता त पहिलेदेखि नै हो, अब आबद्धता छैन भन्ने स्पष्ट पार्न फेसबुक स्ट्याटस राखें । त्यस्तो कसैको खोजी पनि छैन । मैले आफैंले स्वतन्त्र हुन चाहें । त्यति हो ।”

उनले आफू देश र जनताका लागि केही गर्न खोजेको बताउँदै पार्टीमा गालीगलौज जस्ता कुरा अशोभनीय रहने बताएका छन् । 

खास असन्तुष्टि के हो भन्ने जिज्ञासामा उनले त्यस्तो केही पनि असन्तुष्टि नरहेको बताएका छन् । तर उनि निकट एमाले नेताहरुले आफ्नै पार्टि सरकारमा रहँदा समेत आफुले विभिन्न नियुक्तीहरुमा अवसर नपाएको तथा पार्टिको विशेष जिम्मेवारी केही नपाउँदा शक्तिबिहिन बनेपछि पार्टिबाट अलग भएको हुनसक्ने बताएका छन् । केहि एमाले नेताहरुले भने उनि भिम रावलले खोल्न खोजेको नयाँ पार्टिमा जान लागेको हुनसक्ने अनुमान गरेका छन् ।

असोज ६, २०७९ मा नेकपा एमाले प्रवेश गरेका नेपाल प्रहरीका पूर्व महानिरीक्ष ९आईजीपी० सर्वेन्द्र खनाल दुई बर्ष नपुग्दै प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अघाएको देखिएको छ ।