काठमाडौँ, नेपाल ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरिले पोखराबाट काठमाडौँ ल्याएको छ । लामिछानेलाई बुद्ध एयरको साँझ ५ः३० को फ्लाइटमाफर्त काठमाडौँ ल्याएको हो ।
उनलाई काठमाडौँ ल्याइँदा विमानस्थलको सुरक्षा किनै कडा पारिएको थियो । समर्थकहरुलाई गेटमै रोकिएको थियो । उनलाई त्रिभुवन विमानस्थलबाट भद्रकालीस्थित काठमाडौँ प्रहरी परिसर लगिएको छ ।
लामिछानेलाई सहकारी ठगीमा अनुसन्धान गर्न कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएको थियो । त्यसपछि उनीविरुद्ध संगठित अपराध र सम्पत्ति सुद्धिकरणमा समेत अनुसन्धान भईरहेको छ ।
उनलाई कास्की जिल्ला अदालतले ५ पटक म्याद थप गरिसकेको छ । यो बिचमा उनीविरुद्ध रुपन्देही, चितवन र काठमाडौँबाट पनि पक्राउपुर्जी जारी भएको छ । उनलाई रुपन्देही लगेर बयान गराईसकिएको छ भने अहिले काठमाडौँ ल्याउन लागिएको हो । उनलाई काठमाडौँपछि चितवन लैजाने तयारी छ ।
लामिछानेलाई काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न काठमाडौँ ल्याइएको हो ।