धादिङ, नेपाल ।
काठमाडौं जाँदै गर्दा धादिङको धुनिवेसी नगरपालिका–९ स्थित झ्याप्ले खोला पहिरोले पुरिएको बसमा सवार २८ जना यात्रुको शव निकालिएको छ ।
बसमा चढेका यात्रुका आफन्तहरुले यो क्षेत्र भरिएको र शोकमा डुबेको छ । मृतक व्यक्तिका ११ जनाका आफन्त घटनास्थल आइपुगेका हुन् ।
गोरखा, चितवन लगायतका जिल्लाबाट घटनास्थल आईपुगेका उनीहरूले सनाखतका लागि नाम सहितको विवरण प्रहरीलाई टिपाएका छन् ।
अहिलेसम्म पुरिएका गाडीहरूबाट २८ जनाको शव संकलन भएको प्रहरीले जनाएको छ । शनिबार र आइतबार गरी उक्त सङ्ख्यामा शव फेला परेको हो ।
घटनास्थलमा १ सय हाराहारी सुरक्षाकर्मी परिचालन गरिएको छ भने ३ वटा जेसिवी मार्फत पहिरो हटाउने काम भइरहेको छ ।
पहिरोमा पुरिएको बस तथा शवको खोजी तीव्र पारिएको छ । पहिरो पन्छाउने काम जारी रहेकोले दुबैतर्फ सवारी साधन रोकिएका छन् ।
शनिबार गएको सो स्थानको पहिरो पन्छाउन समय लाग्ने बताइएको छ । पहिरोकै कारण पृथ्वी राजमार्ग भएर काठमाडौँ आवागमन ठप्प छ।