(Japan) 12 th September | 2024 | Thursday | 2:23:15 AM || (Nepal) 11:08:15 PM
 
 


बालेनसँगको बिवादले प्रधानमन्त्री ओलीको फेसबुक फलोअर घटेको घट्यै

  POSTED ON : Wednesday, 04 September, 2024 | Views : 554

बालेनसँगको बिवादले प्रधानमन्त्री ओलीको फेसबुक फलोअर घटेको घट्यै


काठमाडौं, नेपाल ।

घरेलु कामदार राखेर चरम श्रम शोषण र हिंसा गर्दै आएकी प्रदेश सांसद रेखा शर्मालाई प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संरक्षण गरिरहेको आरोप सहित पक्राउ किन नगरेको भनेर राखेको काठमाडौं महनागरपालिका मेयर बालेन शाहको स्टाटस मंगलबार अकस्मात फेसबुकबाट हट्यो ।

फेसबुकमा एमाले समर्थकहरुले गरेको रिपोर्टको आधारमा हटेको हो वा प्रधानमन्त्री, सरकारको दबावले स्पष्ट खुलिसकेको छैन । तर आफ्नो स्टाटस डिलिट भएपछि बालेन शाहले पोस्ट उडानउने हैन दोषी समाउन चेतावनी दिंदै आफु गलत भए आफुलाई समात्न नभए दोषी समाउन मंगलबार दिउँसो चेतावनी दिए ।

सरकारनै लागेर आफ्नो पोष्ट डिलिट गरेको आसय सहितको बालेनको स्टाटस पछि एकाएक बालेन समर्थक तथा ओलीको कदमबाट रुष्टहरुले अकस्मात ओलीको फेसबुक पेजमा गर्दै आएको फलो लाईक लाई डिसलाईक अनफलो गर्न थाले ।

यो क्रम बुधवार मध्यान्ह यो समाचार तयार पार्दासम्म रोकिएको छैन र हालसम्म ६ लाख ६५ हजार भन्दा बढि रहेको ओलीको फलोअर घटेर ६ लाखमा झरेको छ ।

अर्था करिव १५ घण्टाको अवधिमा ६० हजार भन्दा धेरै फलोअरले ओलीलाई अनफलो गरेका छन् । हरेक घण्टा जस्तो पछिल्लो समय एक हजार भन्दा धेरैले अनफलो गरिरहँदा एमाले तथा ओली समर्थकहरुले भने उनको बचाउ गर्दै आएका छन् ।

ओलीको बचाउ गर्दै सामाजिक सञ्जालहरुमा एमाले नेता कार्यकर्ताहरुले अनफलो गर्नेहरुलाई गजडीका समर्थक, काम नभएकाहरु, साइबर स्यालहरु जस्ता अपशब्द प्रयोग गर्दै आफ्ना नेताहरुको बचाउ गरिरहेको देखिन्छ ।

अनफलो गर्नेहरुले भने ओली समर्थकहरुलाई झोलेहरु जस्ता शब्द प्रयोग गरेर खनिएको पाइन्छ ।