(Japan) 17 th May | 2025 | Saturday | 7:03:32 PM || (Nepal) 3:48:32 PM
 
 


राष्ट्रपति रामचन्द पौडेल युरोप भ्रमणमा जाँदा साढे २ करोड खर्च

  POSTED ON : Friday, 02 August, 2024 | Views : 600

राष्ट्रपति रामचन्द पौडेल युरोप भ्रमणमा जाँदा साढे २ करोड खर्च


काठमाडौं, नेपाल ।

राष्ट्रपति रामचन्द्र पौडेल युरोप भ्रमणमा जाँदा झन्डै साढे दुई करोड रुपैयाँ राष्ट्रिय ढुकुटीबाट खर्च भएको छ ।

राष्ट्रपति पौडेलको युरोप भ्रमणका क्रममा भएको २ करोड ४३ लाख रुपैयाँ खर्च अर्थ मन्त्रालयले अर्थ विविध शीर्षकबाट परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराएको छ ।

राष्ट्रपति पौडेल २९ जेठ २०८१ मा अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिन भन्दै स्वीट्जरल्यान्ड गएका थिए ।

त्यहाँबाट उनि जर्मनीको औपचारिक भ्रमणमा पुगेका थिए । यी भ्रमणबाट उपलब्धि बारे केहि नखुलाएपनि सरकारले राष्ट्रपति पोडेलको दुई भ्रमणमा राष्ट्रिय ढुकुटीबाट झन्डै साढे २ करोड रुपैयाँ खर्च भएको जनाएको छ ।