(Japan) 12 th September | 2024 | Thursday | 1:33:22 AM || (Nepal) 10:18:22 PM
 
 


गौशाला २६ द्वारा सन्दिपमाथि एनजीओको दबाबमा मुद्वा हालेको स्विकार भन्छिन् ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु, ममाथि बलात्कार भएको होइन’

  POSTED ON : Saturday, 27 July, 2024 | Views : 696

गौशाला २६ द्वारा सन्दिपमाथि एनजीओको दबाबमा मुद्वा हालेको स्विकार भन्छिन् ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु, ममाथि बलात्कार भएको होइन’


काठमाडौं ।

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दा आरोप लगाएकी युवतिले आफुले लगाएको आरोपको मुद्वा अघि नबढाउन सर्वोच्च अदालतमा निवेदन दर्ता गरेकी छन्।


गौशाला २६ नाम दिइएकी उनले सरकारी वकिल कार्यालय पाटन तथा महान्यायाधिवक्तालाई निवेदन लेख्दै ‘उच्च अदालतको फैसलाविरुद्ध’को मुद्दालाई सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिन आग्रह गरेकी हुन् ।


‘क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अब सर्वोच्च अदालतमा मुद्दा नचलाउनु, ममाथि बलात्कार भएको होइन,’ उनले लेखेकी छिन्।


गौशाला २६ले राजधानी काठमाडौंमा क्रियाशिल कतिपय संघ-संस्था (एनजीओहरु)को दबाबमा सन्दीपविरुद्ध जाहेरी दिएको पनि निवेदनमा खुलाएकी छिन्।

उच्च अदालत पाटनको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्न भन्दै गौशाला–२६ले शुक्रबार पाटन सरकारी वकिल कार्यालयमा निवेदन दिएकी हुन्। उच्च सरकारी वकिल कार्यालय स्रोतले यो कुरा पुष्टि गर्‍यो।

‘उहाँको निवेदन कार्यालयमा प्राप्त भएको छ । उहाँले त्यस्तो निवेदन दिन पाउँछ,’ सरकारी वकिल कार्यालय स्रोतले भन्यो,‘तर मुद्दाका प्रक्रिया त्यत्तिले मात्र रोकिने भन्ने हुन्न।’ यो सरकार वादी रहेको मुद्दा भएकाले पुनरावेदन गर्ने वा नगर्ने भन्ने निर्णय गौशाला–२६ को निवेदनले मात्र निर्क्योल ननिस्कने वकिल कार्यालय स्रोतले बतायो।


क्रिकेटर लामिछानेविरुद्ध २०७९ साल भदौ २१ गते नाबालिग बलात्कार गरेको उजुरी परेपछि उनलाई २०७९ साल असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो।


जिल्ला अदालत काठमाडौंले उनलाई बलात्कार मुद्दामा दोषी ठहर गरी ८ वर्ष कैद फैसला गरेको थियो। जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए। 

उच्च अदालतले पीडित नाबालिग नदेखिएको भन्दै लामिछानेलाई सफाइ दिएको थियो ।