सर्लाही, नेपाल ।
राप्रपा केन्द्रीय सदस्य एवं पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको गएराती हत्या भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका(१ रतनपुरस्थित आफ्नै निवासमै रायको आइतबार राती हत्या भएको हो ।
रायमाथि धारिलो हतियार प्रयोग भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।