(Japan) 12 th September | 2024 | Thursday | 1:45:00 AM || (Nepal) 10:30:00 PM
 
 


फुटपाथ विस्तारमा चिनीकाजी महर्जनको दादागिरी, सडकमा कुर्सी राखेर तमासा

  POSTED ON : Sunday, 21 July, 2024 | Views : 582

फुटपाथ विस्तारमा चिनीकाजी महर्जनको दादागिरी, सडकमा कुर्सी राखेर तमासा


काठमाडौं, नेपाल ।
नेकपा एमालेबाट निर्वाचीत काठमाडौं महानगरपालिका २२ नम्वर वडाध्यक्ष चिनीकाजी महर्जनले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तारमा अवरोध गरेका छन् ।

सडक विस्तारमा अवरोध गर्दै मेयर बालेनको काममा समेत असहयोग गर्दै आएका महर्जनले वडा नम्बर २२ को सेवा सडकबाटै सेवा दिने भन्दै तमासा सुरु गरेका छन ।

स्वतन्त्र रुपमा निर्वाचीत मेयर बालेन शाहको काममा सुरु देखिनै अवरोध र असहयोग गर्दै आएका महर्जनले महानगरले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार सुरू गरेपछि एमालेका कार्यकर्ताहरु बटुलेर सडकमा विरोध थालेका थिए । आईतबार बालेन बिरुद्ध रहँदै आएका अन्य वडा अध्यक्षहरुलाई समेत बटुलेर महर्जनले फुटपाथ विस्तार अवरोध गरेका छन् ।

यसअघि मेयर बालेनको फुटपाथ विस्तारमा सडक विभागले अवरोध गरेकोमा अदालतले फुटपाथ विस्तार गर्न बाटो खुला गरिदिएपछि अदालतको फैसला समेतलाई चुनौति दिंदै महर्जन एमाले, काँग्रेस सहितका स्थानिय व्यापारि एवं न्यूरोड क्षेत्रमा पार्किगं ठेक्कापट्टा गर्दै आइरहेकाहरुलाई बटुलेर बिरोध प्रदर्शनमा उत्रिएका थिए ।

न्यूरोडमा धर्नाका लागि बनाएको पालभित्रबाट वडाको काम दिने भन्दै आइतबारनै महर्जनले तमासा देखाएका थिए ।

धर्मपथ सडकखण्डको नेपाल बैंक जाने बाटोमा धर्नाका लागि बनाइएको पालभित्र कुर्सी र टेबल राखेर महर्जनले कार्यकक्ष नै बनाएका छन् ।

काठमाडौं महानगरले अदालतको आदेशपछि न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार सुरू गरेपनि एमाले, काँग्रेस लगायत दलका वडाअध्यक्ष, स्थानिय नेता कार्यकर्ता र कयौं ठूला भनिएका मिडियाहरुले समेत बिरोधमा उत्रिएकाहरुलाई उकास्नेगरि समाचार प्रकाशन प्रशारण गर्दै आएका छन् ।