(Japan) 18 th March | 2025 | Tuesday | 5:49:01 AM || (Nepal) 2:34:01 AM
 
 


उपेन्द्र यादवले सरकार छाडे, पदबाट राजीनामा

  POSTED ON : Monday, 13 May, 2024 | Views : 652

उपेन्द्र यादवले सरकार छाडे, पदबाट राजीनामा


काठमाडौं, नेपाल ।

सरकार गिराउन प्रतिपक्षि दलसँग मिलेमतो गरिरहेको आरोप र पार्टि फुटाउन सरकारको भूमिकाको आरोप लगाइरहेका उपेन्द्र यादवले सरकार छाडेका छन् ।

यादव नेतृत्वको जसपा नेपाल सोमबार प्रचण्ड सरकारबाट बाहिरिएको हो । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पदबाट राजीनामाको घोषणा गरेका छन् ।

मधेस प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले जसपा नेपाल नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएसँगै केन्द्रमा यादवको राजीनामा आएको हो । 

जसपा नेपालमा विभाजन आएपछि यादव सरकारबाट बाहिरिने चर्चा चलिरहेको थियो भने आइतबार बसेको कार्यकारिणी समितिको बैठकबाट सरकारबाट बाहिरिने औपचारिक निर्णय भएको जसपाका नेताहरुले बताएका थिए ।