(Japan) 19 th May | 2024 | Sunday | 11:11:50 PM || (Nepal) 7:56:50 PM
 
 


कामीरिताको नयाँ विश्वकिर्तिमान, सगरमाथा २९ औँ पटक आरोहण

  POSTED ON : Sunday, 12 May, 2024 | Views : 360

कामीरिताको नयाँ विश्वकिर्तिमान, सगरमाथा २९ औँ पटक आरोहण


काठमाडौं, नेपाल ।

कीर्तिमानी सगरमाथा आरोही कामीरिता शेर्पाले आफ्नै पुरानो विश्व किर्तिमान तोड्दै २९औं पटक संसारको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नुभएको छ ।

५४ वर्षीय शेर्पाले आफ्नै कीर्तिमान भङ्ग गर्दै आइतबार बिहान ७ः२५ बजे सगरमाथाको चुचुरोमा पुग्नुभएको काठमाडौंस्थित सेभेन समिट ट्रेक्स प्रालिले जनाएको छ।

उहाँ गत वर्ष २८औं पटक सगरमाथा आरोहण गर्नुभएको थियो । यसपटक उहाँले आफ्नै सर्वाधिक सगरमाथा आरोहणको किर्तिमान तोड्नु भएको हो । 

२०५१ सालमा पहिलो पटक सगरमाथा आरोहण गर्नुभएका कामिरिता त्यसयता लगातार आरोहणमा सक्रिय हुनुहुन्छ ।

सेभेन समिट ट्रेक्स प्रालिका ट्रेकिङ गाइडका रूपमा कार्यरत उहाँ यस पटक विदेशी आरोहीको वरिष्ठ 'हाइ अल्टिच्युड गाइड'का रुपमा सगरमाथा क्षेत्र पुग्नुभएको थियो ।

सेभेन समिट र फोर्टिन पिक्स एक्सपिडिन कम्पनीका सदस्यलाई सगरमाथा आरोहण गराउने क्रममा उहाँ आज बिहान सगरमाथाको चुचुरोमा पुग्नुभएको हो । मौसम अनुकूल भएमा फेरि सगरमाथा आरोहण गर्न सक्ने कम्पनीले जनाएको छ ।