(Japan) 17 th February | 2025 | Monday | 10:51:27 AM || (Nepal) 7:36:27 AM
 
 


तारा एयरको इमर्जेन्सी झ्यालको सिसा खस्यो, ठूलो दुर्घटना टर्यो

  POSTED ON : Sunday, 10 December, 2023 | Views : 956

तारा एयरको इमर्जेन्सी झ्यालको सिसा खस्यो, ठूलो दुर्घटना टर्यो


काठमाडौं, नेपाल ।

काठमाडौंबाट सोलुखुम्बुको लुक्ला उडेको तारा एयरको जहाँजको आपत्तकालिन झ्यालको सिसा खसेको छ । तर बिमान अवतरण भएपछि मात्र थाहा पाएपनि ठूलो दूर्घटना भने टरेको छ ।

काठमाडौंबाठ ९ बजेर ३१ मिनेटमा उडेको जहाँज ल्याण्ड गरिसक्दा आपत्तकालिन झ्यालको सिसा नदेखिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता सुवास झाले बताए ।

विमान सहज तरिकाले ल्याण्ड भएको झाको भनाई छ । कलसाइन ९ एन एएलओ भएको जहाँको सिसा बाटोमा खसेको आशंका गरिएको छ । तर, पाइलटले ल्याण्ड गरेपछि मात्रै त्यसबारे जानकारी पाएका थिए ।