(Japan) 3 rd October | 2023 | Tuesday | 5:22:20 AM || (Nepal) 2:07:20 AM
 
 


शेर्पाहरुको साहसिकताको विश्वभर चर्चा, मध्यरातमा सगरमाथा शिखरबाट अचेत विदेशीको उद्धार

  POSTED ON : Friday, 02 June, 2023 | Views : 1152

शेर्पाहरुको साहसिकताको विश्वभर चर्चा, मध्यरातमा सगरमाथा शिखरबाट अचेत विदेशीको उद्धार


काठमाडौं, नेपाल ।

गोर्खालीहरुको युद्ध कौशल र विरतापूर्ण लडाइ विश्वभर जति प्रख्यात छ, शेर्पाहरुको हिमाल आरोहणको शाहसिकताले त्यस्तै परिचय बनाएको छ नेपाल चिनाउन ।

फेरि एकपटक विरताको त्यो प्रख्यातिलाई इमान्दारितासँगै जिम्मेवार आरोहिको रुपमा समेत विश्वभर चर्चा बटुलेका छन् नेपालका शाहसिक शेर्पाहरुले ।

सगरमाथा आरोहण गरेर फर्किने क्रममा कठिन भू-भाग र प्रतिकूल मौसमकाबीच अचेत अवस्थामा भेटिएका मलेसियाली आरोहीको झन्डै १५ घण्टा लगाएर उद्धार गरेर नेपाली हिमाल आरोहिहरुले विश्वभरबाट प्रशंसा बटुलेका छन् ।

आरोहिद्धय गेल्जी शेर्पा र ङिमा शेर्पाले निकै जटिल र कठिन मानिने सगरमाथाको चौथो शिविर माथिबाट तेस्रो शिविरसम्म ल्याउन सफल भएका हुन् ।

त्यहाँबाट हेलिकप्टरबाट आधार शिविर हुँदै काठमाडौं ल्याइएको र ती आरोही उपचारपछि स्वदेश फर्किसकेको उनीहरूले बताएका छन् ।

अचेत र गम्भिर स्वास्थ्य अवस्थामा मध्यराति बाटोमा भेटिएका मलेशियाली आरोहीलाई उनीहरूले आफ्नो अक्सिजनसमेत दिएर सुरक्षित स्थानसम्म ल्याएको बताउँछन्।

आरोहीलाई बोकेर तल झार्दै गरेको देखिने उक्त भिडियोले अहिले सामाजिक सजालमा चर्चा कमाएको छ र उद्धारमा सहभागी शेर्पाहरूले प्रशंसा बटुलेका छन् ।