तत्कालीन राजा विरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुती राज्य लक्ष्मी लगायत राजपरिवारका १० जनाको हत्या भएको थियो ।
दरवार हत्याकाण्डमा अधिराजकुमार धिरेन्द्र, अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह तथा कुमार खड्गविक्रम शाहको पनि निधन भएको थियो ।
रहस्यमय र विवादास्पद रहेको यस हत्याकाण्डका पछाडि कसको हात थियो भन्ने रहस्य रहस्य नै रह्यो । राजदरवार हत्याकाण्डका पछाडि अनेकौ अडकलवाजीहरु चले अनेकौ तर्क वितर्कहरु पनि चले । धेरैले किताव लेखेरै पैसा छाप्ने कोशिस गरे ।
२२ वर्ष भयो दरवार हत्याकाण्ड भएको न त नेपालीले यस घटनालाई बिर्सन सके । न त यस घटनाको कुनै वास्तविकता नै बाहिर आउने सम्भावना बन्यो । यस घटनामा केन्द्रविन्दुमा राखिएका दिपेन्द्रको नै मृत्यु भइसकेको हुँदा दिपेन्द्रको हत्या किन र कसरी भयो भन्ने प्रश्न उब्जन्छ ।
दिपेन्द्रले गिरिजालाई "मैले कु गर्दैछु सहयोग गर्नुपर्दछ" भनेर भन्दा यस्तो पनि हुन सक्छ र ? भनेर ख्यालठट्टा झै मानेका थिए रे गिरिजा । धेरै पछि यो कुरा गिरिजाको सुरक्षा अधिकारीबाट बाहिरिए पछि गिरिजाले ग्राण्ड डिजाइनिङको पर्दाफास गर्छु भने पनि कस्तो ग्राण्ड डिजाइनका कुरा गिरिजाले भन्न खोजेका हुन भन्ने स्पष्ट नै नगराइ गिरिजा पनि बितेर गए ।
दिपेन्द्रले नशामा रहेको नाटक गरे पनि उनले कुनै पनि प्रकारको लागु पदार्थ सेवन नगरेको डा. उपेन्द्र देवकोटाले भनेका थिए । उनले दिपेन्द्रको रगतको नमुना गोप्य रुपमा बेलायतमा पठाएको भनिए पनि कुन अस्पतालमा रहेको छ भनेनन् । खोजि गरे भेटिन सक्छ ।
कुनै पनि राजपरिवार सदस्यको पोष्टमार्टम नगरिएको हुँदा भिसेरा प्राप्त हुने कुरै भएन । रगत लागेका कपडाहरु पनि त्यहि समय सबै जलाइयो । अब आएर कुनै राजनैतिक दाउले दरवार हत्याकाण्डको छानविन गरेर सत्यतथ्य अगाडि ल्याउँछु भन्नु त्यति विश्वास लाग्दो देखिदैन ।
राजा विरेन्द्र एवं सम्पूर्ण राजपरिवार प्रति हार्दिक श्रद्धाञ्जली ।