(Japan) 31 st January | 2023 | Tuesday | 7:15:39 PM || (Nepal) 4:00:39 PM
 
 

खोला किनार कब्जा गरेर बसेका हटाउन जाँदा नगर प्रहरीमाथि आक्रमण, नगर प्रहरी प्रमुखसहित ३६ घाइते

  POSTED ON : Tuesday, 29 November, 2022 | Views : 574

खोला किनार कब्जा गरेर बसेका हटाउन जाँदा नगर प्रहरीमाथि आक्रमण, नगर प्रहरी प्रमुखसहित ३६ घाइते


टोकियो, जापान ।

थापाथली खोला किनार कब्जा गरि बसेको सुकुम्बासी बस्ती हटाउन जाने क्रममा सुकुम्बासीको सांघातीक आक्रमणमा परी काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेसहित ३६ प्रहरी घाइते भएका छन् ।

घाइतेमध्ये ३४ जनाको थापाथलीस्थित नर्भिक अस्पतालमा र २ जनाको वीर अस्पतालमा उपचार भइरहेको घाइतेका उपचारमा खटिएका नगर प्रहरी निरीक्षक सूर्य केसीले बताएका छन् ।

उनका अनुसार धेरै घाइतेको टाउकोमा चोट छ ।

‘घाइतेमध्ये धेरैको टाउकोमा चोट छ' उनले भने, 'टाउकोमा सात टाँकासम्म लगाउनु परेको छ। टाउकोबाहेक छाती, ढाड र खुट्टामा चोट लागेका धेरै हुनुहुन्छ ।’ 

उनीहरूमध्ये तीन जनाको भने आइसियुमा उपचार भइरहेको महानगरले जनाएको छ ।

नगर प्रहरी शर्मिला बोगटीलाई शरीर बन्धक बनाई घाइते बनाएको पनि महानगर प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । यस घटनाको नेतृत्व गर्ने तथा संलग्न भएका व्यक्तिहरूको नाम समेत खुलाएर जिल्ला प्रहरी परिसर काठमाडौंमा पत्र पठाएको उनले बताए ।

मंसिर ४ गतेभित्र नदी किनारामा निर्माण भएका घरटहरा, त्यहाँ राखिएका निर्माण सामग्री तथा सवारी साधन हटाउन अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले सार्वजनिक सूचना जारी गरेको थियो । 

स्थानीयले ढुंगा प्रहारसँगै टायर बालेर प्रदर्शन गरेका थिए । शान्तिपूर्ण रुपमा सम्झाएर अवैध बस्ति हटाउन पुगेका नगर प्रहरीमाथि बस्तिका बासिन्दाले खुकुरी लगायत घरेलु हतियार र ढुंगामुढा गरेर आक्रमण गरेका थिए ।