(Japan) 30 th November | 2022 | Wednesday | 12:51:44 PM || (Nepal) 9:36:44 AM
 
 

मादलको गढ : भक्तपुर-१ बाट नेमकिपाका प्रेम सुवाल दोब्बर बढी मतले विजयी

  POSTED ON : Thursday, 24 November, 2022 | Views : 156

मादलको गढ : भक्तपुर-१ बाट नेमकिपाका प्रेम सुवाल दोब्बर बढी मतले विजयी


भक्तपुर, नेपाल ।

भक्तपुर-१ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाल मजदुर किसान पार्टी 'मादल चुनाव चिन्ह' (नेमकिपा) का सचिव प्रेम सुवाल निर्वाचित भएका छन् । उनी यहाँबाट दोस्रो पटक निर्वाचित भएका हुन् । 

सुवालले नेकपा एमालेका नवराज गेलाललाई दोब्बरभन्दा धेरै मतान्तरले पराजित गरेका छन् । सुवालले ४२ हजार ७६१ मत ल्याएका छन् भने एमालेका गेलालले ११ हजार ९६८ मत पाएका छन् । सुवाल र गेलालबीचको मतान्तरमात्रै ३० हजार ७९३ मत छ ।

यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्काले ९ हजार ३०३, नेकपा माओवादी केन्द्रका सुनिल गोठेले ५ हजार २८३ मत ल्याएका छन् ।