(Japan) 30 th November | 2022 | Wednesday | 12:39:45 PM || (Nepal) 9:24:45 AM
 
 

सर्लाही १ बाट लोसपाका चौधरी चुनिए

  POSTED ON : Thursday, 24 November, 2022 | Views : 88

सर्लाही १ बाट लोसपाका चौधरी चुनिए


सर्लाही, नेपाल ।

सर्लाही क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका रामप्रकाश चौधरी निर्वाचित भएका छन् । चौधरीले स्वतन्त्र उम्मेदवार मानबहादुर खड्कालाई ६ हजार ४३४ मतान्तरले पराजित गरेका हुन् ।

चौधरीले २४ हजार ८३८ मत ल्याउँदा खड्काले १८ हजार ४०४ मत ल्याएका छन् ।

यहाँ जनता समाजवादी पार्टीका प्रमोद साहले १४ हजार २५५ मत पाएका छन् भने जनमत पार्टीका जनराम विश्‍वास रायले १ हजार २१६ मत ल्याएका छन् ।