(Japan) 30 th November | 2022 | Wednesday | 12:27:55 PM || (Nepal) 9:12:55 AM
 
 

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनाव जिते

  POSTED ON : Thursday, 24 November, 2022 | Views : 102

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनाव जिते


रौतहट, नेपाल ।

रौतहट क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका माध कुमार नेपाल विजयी भएका छन् । नेपालले नेकपा एमालेका अजयकुमार गुप्तालाई ६ हजार ६ सय मतान्तरले पराजित गरेका हुन् ।

नेपालले ३३ हजार ५२२ मत ल्याएका छन् भने एमालेका गुप्ताले २६ हजार ९२२ मत पाएका छन् ।

यहाँ जनमत पार्टीका राजेन्द्रप्रसाद साहले १ हजार ४११, स्वतन्त्र उम्मेदवार राहुलकुमार मिश्रले ४५४, राष्ट्रिय प्रजातन्त्र पार्टीका सरोजकुमारीले ३५३ मत पाएकी छिन् ।

नेपाल ०७४ मा काठमाडौं-२ बाट निर्वाचित भएका थिए । तर एमाले विभाजित भएपछि एकीकृत समाजवादीको अध्यक्ष बनेका नेपाल यसपटक कांग्रेस नेतृत्वको लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवार थिए ।