(Japan) 30 th November | 2022 | Wednesday | 11:57:38 AM || (Nepal) 8:42:38 AM
 
 

रामचन्द्र पौडेलले तनहुँ १ बाट चुनाव जिते

  POSTED ON : Thursday, 24 November, 2022 | Views : 188

रामचन्द्र पौडेलले तनहुँ १ बाट चुनाव जिते


दमौलि, तनहुँ ।

नेपाली कांग्रेस नेता रामचन्द्र पौडेल तनहुँ १ बाट विजयी भएका छन् । पौडेलले ५ हजार ३७५ मतान्तरले जित निकालेका हुन् । 

पौडेलले २५ हजार १३८ मत पाएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का नेता एकबहादुर राना १९ हजार ९३४ मत पाएका छन् । 

पौडेल ०७४ को निर्वाचनमा यही क्षेत्रमा तत्कालीन वाम गठबन्धनका तर्फबाट एमाले उमेदवार किसान श्रेष्ठसँग पराजित भएका थिए ।