(Japan) 21 st February | 2024 | Wednesday | 9:53:26 PM || (Nepal) 6:38:26 PM
 
 


१५ हजार भोट गन्न बाँकी छँदै चितवन-२ बाट रवि लामिछाने बिजयी

  POSTED ON : Thursday, 24 November, 2022 | Views : 1600

१५ हजार भोट गन्न बाँकी छँदै चितवन-२ बाट रवि लामिछाने बिजयी


चितवन, नेपाल । 

चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएको घोषणा गर्न औपचारिक रुपमा मात्र बाँकी हुन पुगेको छ । झन्डै १५ हजार भोट गन्न बाँकी हुँदा गन्न बाँकी भन्दा रविको मतान्तर बढी भएकाले उनको जित सुनिश्चित भएको हो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार चितवन २ मा ६९ हजार ५८० मत गनिसक्दा २५ हजार भन्दा बढी मतले रविले अग्रता लिइरहेका छन् । 

रविले ३९ हजार २१६ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्दी कांग्रेसका उमेश श्रेष्ठले १३ हजार ५०३ मत ल्याएका छन् ।

रवि २५ हजार ७१३ मतान्तरले अगाडि छन् । अब १४ हजार ७३५ मत मात्रै गन्न बाँकी छ । चितवन २ मा ८४ हजार ३१४ मत खसेको थियो ।

एमालेका कृष्णभक्त पोखरेलले १२ हजार ७७२ मतसहित तेस्रो स्थानमा छन् । २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा पोखरेल यहि क्षेत्रबाट निर्वाचित भएका थिए ।