(Japan) 30 th November | 2022 | Wednesday | 1:26:38 PM || (Nepal) 10:11:38 AM
 
 

राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल पुर्व आईजिपी सर्वेन्द्र खनाललाई हराउँदै काठमाडौं-६ बाट विजयी

  POSTED ON : Wednesday, 23 November, 2022 | Views : 258

राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल पुर्व आईजिपी सर्वेन्द्र खनाललाई हराउँदै काठमाडौं-६ बाट विजयी


काठमाडौं, नेपाल ।

प्रतिनिधिसभातर्फ काठमाडौं- ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल निर्वाचित भएका छन् । खनाल १४ हजार २०४ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

खनालका प्रतिस्पर्धी सर्वेन्द्र खनालले ८ हजार ९११ मत ल्याए भने नेपाली कांग्रेसका भिमसेनदास प्रधानले ८ हजार ८०५ मत प्राप्त गरे।

शिशिर र सर्वेन्द्रबीचको मतान्तर ५ हजार २९३ रहेको छ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं-२ मा सोविता गौतम, काठमाडौं-७ मा गणेश पराजुली,काठमाडौं-८ मा विराजभक्त श्रेष्ठ विजयी भएका छन्।