(Japan) 30 th November | 2022 | Wednesday | 11:52:35 AM || (Nepal) 8:37:35 AM
 
 

सर्बोच्चद्वारा हतारमा राष्ट्रपतिविरुद्धको रिटमा बहसबिनै कारण देखाउ आदेश जारी

  POSTED ON : Sunday, 25 September, 2022 | Views : 724

सर्बोच्चद्वारा हतारमा राष्ट्रपतिविरुद्धको रिटमा बहसबिनै कारण देखाउ आदेश जारी


काठमाडौ, नेपाल ।

नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्धको रिटमा सर्बोच्च अदालतले बहस बिनै हतारमा कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले बहसबिना नै राष्ट्रपति कार्यालयलाई कारण देखाउ आदेश जारी गर्दै रिटलाई अग्राधिकार प्रदान गरेको छ । 

रिटहरुमा अन्य कुनै आदेश माग नगरिएको हुँदा न्यायाधीश फुयालले सिधै कारण देखाउ आदेश जारी गरेका हुन् । 

अदालतमा सोमबारदेखि दसैँको बिदा लागु हुने र बन्दी प्रत्यक्षीकरणको रिटबाहेक सुनुवाइ नहुने हुँदा अब उक्त रिटमाथि दसैँ पछाडि मात्र पेसी हुनेछ ।