(Japan) 10 th August | 2022 | Wednesday | 7:30:32 PM || (Nepal) 4:15:32 PM
 
 

नेपालमा मंसिर ४ गते संघ र प्रदेशको चुनाव गर्ने सरकारको घोषणा

  POSTED ON : Thursday, 04 August, 2022 | Views : 200

नेपालमा मंसिर ४ गते संघ र प्रदेशको चुनाव गर्ने सरकारको घोषणा


काठमाडौं, नेपाल ।

सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने  निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए ।