(Japan) 10 th August | 2022 | Wednesday | 8:52:49 PM || (Nepal) 5:37:49 PM
 
 

पार्टिलाई बदनाम गराएका शर्मालाई प्रचन्डले फेरि अर्थमन्त्री बनाई छाडे

  POSTED ON : Monday, 01 August, 2022 | Views : 302

पार्टिलाई बदनाम गराएका शर्मालाई प्रचन्डले फेरि अर्थमन्त्री बनाई छाडे


काठमाडौं, नेपाल ।

यसअघि अर्थमन्त्री रहँदा व्यापारिक समूहको प्रलोभनमा परी अवैध व्यक्तिलाई प्रवेश गराई बजेटमा कर दायरा तल माथि पारेको आरोप लागेका जनार्दन शर्मालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि अर्थ मन्त्रीमा नितुक्ती दिलाएका छन ।

चौतर्फी चर्को आलोचनापछि दबाबमा माओवादीले गत महिना मात्र पदबाट राजीनामा दिन लगाएको थियो । लगत्तै उक्त पद प्रधानमन्त्री देउवाले आफैंले राखेका थिए तर शंकास्पद रुपमा छानबिन समिती बनाइ बिबादित रुपमा शर्मालाई चोख्याइएको आरोप लागीरहदा माओवादीले शर्मालाई नै अर्थ मन्त्रीमा निरन्तरता दिलाएको हो ।

आईतवार प्रधानमन्त्रीले अर्थमन्त्रीमा जनार्दन शर्मालाई पुन: सिफारिस गरेका हुन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा अर्थमन्त्रीमा शर्मालाई नियुक्त गरेकी छिन् ।

आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई राजस्वका दर हेरफेर गरेपछि विवादपछि शर्माले असार २२ गते अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।

अर्थमन्त्री शर्माले पूर्वनासु रघुनाथ घिमिरे र व्यापारिक घरानाका एक ‘फाइनान्स डाइरेक्टर’लाई जेठ १४ गते मध्यराति मन्त्रालयमा प्रवेश गराएर बजेटमा राजस्व र करका दर तलमाथि गरेको आरोप छ ।