काठमाडौं, नेपाल ।
प्राङ्कको नाममा एक महिलालाई एसिड हान्ने धम्की दिने युवक पक्राउ परेका छन्।
‘बदमास केटा’ नामक यूट्युब च्यानलका नवलवरासीका प्रदीप भन्ने पूर्णचन्द्र भुसाललाई सोमबार नवलपरासीको कावासोतीबाट प्रहरीले पक्राउ गरेको हो।
भुसाललाई जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को सहयोगमा साइबरर ब्यूरोको टोलीले पक्राउ गरेको हो।
भुसालले बाटोमा हिंड्दै गरेकी महिलालाई पैसा, मोबाइल, गरगहना दिन र नदिएमा एसिड हान्ने धम्की दिएका थिए। उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।
आज जिल्ला अदालत काठमाडौंले थप अनुसन्धानका लागि १० दिनको अनुमति दिएको छ।