(Japan) 29 th March | 2024 | Friday | 6:14:15 PM || (Nepal) 2:59:15 PM
 
 


श्रीमतीको हत्या गरेर तीन तलामाथिबाट फाल हानेका श्रीमान्‌को पनि मृत्यु

  POSTED ON : Monday, 25 July, 2022 | Views : 2468

श्रीमतीको हत्या गरेर तीन तलामाथिबाट फाल हानेका श्रीमान्‌को पनि मृत्यु


चितवन, नेपाल ।

धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेर घरको तीन तलामाथिबाट हाम फालेका श्रीमान्‌को पनि मृत्यु भएको छ ।

गम्भीर घाइते भएका श्रीमान्‌(श्रीमती दुवै जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरणअनुसार भरतपुर महानगरपालिकन-१० रमाइलो चोकमा हिजो आइतबार राति साढे १० बजेतिर ४३ वर्षीय कृष्ण आचार्यले ३५ वर्षीया श्रीमती रूष्मा घिमिरे आचार्यलाई खुकुरी प्रहार गरेका थिए । 

आफ्नै घरकाे तीन तलामाथिकाे बैठक काेठामा खुकुरी प्रहार गरेर आचार्य हाम फालेर भाग्न खाेजेकाे प्रहरीकाे भनाइ छ । घरायसी विवादका कारण साे घटना भएकाे हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएकाे चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताए ।

रूष्मालाई पुरानाे मेडिकल कलेजकाे शिक्षण अस्पताल पुर्‍याइएकाेमा चिकित्सकले पाैने ११ बजेतिर मृत घाेषणा गरेकाे थियाे । यसैगरी तीन तलामाथिबाट हाम फालेर गम्भीर घाइते भएका कृष्णप्रसाद आचार्यलाई उपचारका लागि चितवन मेडिकल कलेजकाे शिक्षण अस्पतालमा भर्ना गरिएकाे थियाे । उनकाे पनि हिजै राति ११ बजे निधन भएकाे डीएसपी अधिकारीले बताए ।