(Japan) 29 th March | 2024 | Friday | 3:04:29 PM || (Nepal) 11:49:29 AM
 
 


दुर्गाबहादुर सुवेदी जापानका लागि राजदूत नियुक्त, छिट्टै कार्यभार सम्हाल्न जापान जाने

  POSTED ON : Monday, 18 July, 2022 | Views : 2884

दुर्गाबहादुर सुवेदी जापानका लागि राजदूत नियुक्त, छिट्टै कार्यभार सम्हाल्न जापान जाने


काठमाडौं, नेपाल ।

दुर्गाबहादुर सुवेदी जापानका लागि नेपाली राजदूत नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा दुर्गाबहादुर सुवेदीलाई जापानका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति जारी गरी सो जानकारी दिएका हुन् । यसअघी समेत जापानको लागि कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालिसकेका सुबेदीले बेलायत देशको राजदूत भएर काम गरिसकेका छन ।

राष्ट्रपतीबाट नियुक्ती पाएसंगै सुबेदी कार्यभार सम्हाल्न छीट्टै जापान जाने भएका छन । यसअघी प्रधानमन्त्री शेर बहादुर देउवाकी सासु प्रतिभा राणा जापानको लागि राजदूत रहेकी थिइन ।

जिम्मेवारि उचित तवरले ननिभाएको भन्दै कार्यकालभरि आरोप खेपेकी राणा जापानबाट फर्किएपछि लामो समयदेखी जापानको लागि नेपालको राजदूत पद रिक्त रहेको थियो । हाल जापानको लागि कार्यवाहक राजदूतको जिम्मेवारी अम्बिका जोशीले सम्हाल्दै आएका छन ।

को हुन राजदूत ‘दुबसु’ ?

झण्डै तीन दशक परराष्ट्र सेवामा बिताएका झापा ज़िल्लाका सुबेदीले यसअघि नेपाली राजदूतावास जापानमा डेपुटी चिफ अफ मिसनको रूपमा समेत कार्य गरिसकेका छन । त्यस्तै नेपाली राजदूतावास बर्मामा द्वितीय सचिव, न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगमा प्रथम सचिव तथा बहराइनमा कार्यवाहक राजदूतको बेलायत र माल्टामा राजदूतको भूमिका निर्वाह गरिसकेका छन् ।

बेलायतका लागि नेपाली राजदूत रूपमा कार्यरत रहदा सुवेदी (दुबसु)लाई दशककै कूटनीतिज्ञको उपाधिद्वारा सम्मानित गरि सकिएको छ । कूटनीतिक क्षेत्रमा सुवेदीले पु¥याएको योगदानको कदर गर्दै उक्त सो उपाधिले उनलाई सम्मान गरिएको थियो । सुवेदीले साहित्यिक र कूटनीतिक दुवै पाटाहरु प्रशंसनीय र उल्लेखनीय कार्य गर्दै आइरहेका छन ।

सुवेदीले अन्तर्राष्ट्रिय सम्बन्धमा बेलायतको लिड्स विश्वविद्यालयबाट एमए गरेका छन भने त्रिभुवन विश्वविद्यालयबाट पिएचडी, एमपिएलगायत न्यूयोर्क विश्वविद्यालयबाट एलए र संयुक्त राष्ट्रसंघीय विश्वविद्यालय तथा सोफिया विश्वविद्यालय टोकियो र लुझियानास्थित युनिभसिटी अफ युएसएबाट विभिन्न कोर्षहरु पूरा गरेका छन ।सुवेदीले ‘आधुनिक नेपालको विदेश नीति र कूटनीति’ विषयमा विद्यावारिधि गरेका छन्।

विभिन्न विधाका आधा दर्जन कृति प्रकाशन तथा सम्पादन गरेका उनी एक दर्जन विद्याका पुरस्कारबाट पुरस्कृत भएका छन्।