(Japan) 28 th March | 2024 | Thursday | 5:44:27 PM || (Nepal) 2:29:27 PM
 
 


नाम जनार्दन, काम धन आर्जन ! बजेटमा बिबादित अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिए

  POSTED ON : Thursday, 07 July, 2022 | Views : 2312

नाम जनार्दन, काम धन आर्जन ! बजेटमा बिबादित अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिए


काठमाडौं, नेपाल ।

राष्ट्रिय बजेटमा स्वार्थ समुहको ईशारामा अबैध ब्यक्तिको प्रबेश गराइ बदमाशि गरेको गम्भिर आरोप लागेका माओवादिका अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् ।

बुधबार संसद बैठकमा आफ्नो कुरा राखिसकेपछि उनले राजीनामा घोषणा गरेका हुन्।

अनाधिकृत व्यक्तिलाई सहभागी गराएर बजेटमा करको दायरा हेरफेर गरेपछि अर्थमन्त्री शर्मा विवादित बन्दै आएका छन् ।  मन्त्री पदबाट राजीनामा दिन उनलाई चौतर्फी दबाबसमेत आएको थियो।

त्यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मालाई तत्काल बर्खास्त गर्न माग गरेको थियो। एमालेका तर्फबाट योगेश भट्टराईले जनसुकै उपायबाट भए पनि राजीनामा गराउनुपर्ने बताएका थिए।