(Japan) 27 th September | 2022 | Tuesday | 3:55:33 PM || (Nepal) 12:40:33 PM
 
 

नेपालमा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ भेरियन्ट फेला

  POSTED ON : Sunday, 03 July, 2022 | Views : 516

नेपालमा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ भेरियन्ट फेला


काठमाडौं, नेपाल ।

धुलिखेल अस्पतालले गरेको अनुवांशिक (जिन सिक्वेन्सिङ) परीक्षणमा ओमिक्रान कोरोना भाइरसको उपप्रजाति ‘बीए फाइभ’ संक्रमित पुष्टि भएको छ ।

अस्पतालका प्रयोगशाला तथा संक्रामक रोग अनुसन्धान प्रमुख प्रा.डा. राजीव श्रेष्ठले अन्य प्रयोगशालाबाट संकलन भएको नमुनालाई जिन सिक्वेन्सिङ मार्फत हेर्दा ‘बीए फाइभ’ उपप्रजाति भेटिएको पुष्टि गर्नुभएको हो ।

‘बीए फाइभ’ उपप्रजाती कोरोना संक्रमणको अत्यधिक संक्रामक रहेको बताइन्छ ।