(Japan) 27 th September | 2022 | Tuesday | 4:28:50 PM || (Nepal) 1:13:50 PM
 
 

१० अर्ब भ्रस्ट्राचार काण्डका नाइके शर्मा विरुद्धका ३ मुद्दाको एकसाथ सुनुवाइ हुँदै

  POSTED ON : Sunday, 03 July, 2022 | Views : 720

१० अर्ब भ्रस्ट्राचार काण्डका नाइके शर्मा विरुद्धका ३ मुद्दाको एकसाथ सुनुवाइ हुँदै


काठमाडौं, नेपाल । 

विशेष अदालतले कर फर्छ्यौट आयोग र आयोगका सदस्य सचिव भई काम गरेका सहसचिव चुडामणी शर्मा विरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगसम्बन्धी तीन मुद्दाको सुनुवाइ आजदेखि गर्ने भएको छ ।

विशेष अदालतले कर फर्छ्यौट आयोगको अनियमितता सम्बन्धी दुई र गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी एक मुद्दाको सुनुवाइ एकसाथ गर्ने भएको हो । विशेष अदालतले शुक्रबार प्रकाशित गरेको साप्ताहिक पेशी सूचीमा यी तीन मुद्दा आइतबारका लागि तोकिएको उल्लेख छ ।

शर्मा विरुद्धको मुद्दामा विशेष अदालतले केही महिनायता प्राथमिकताका साथ पेशी तोकिरहेको छ । दुवै पक्षबाट बहस नोट मगाएको विशेष अदालतले गत महिना अदालतको सहयोगी (एमिकस क्यूरी) पठाउन आदेश दिएको थियो । विशेष अदालतले फरक विषयवस्तुका राजस्व चुहावट र गैरकानूनी सम्पत्तिआर्जनका मुद्दा समेत एकसाथ (लगाउमा) राख्नु भनी आदेश गरेको थियो ।

अख्तियारले १ साउन २०७४ मा कर फर्छ्योट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्यसचिव तथा आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणी शर्मा विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

तीनै जनामाथि ३ अर्ब ३४ करोड रुपैयाँ विगो र त्यसको दोब्बर जरिवाना हुनुपर्ने माग छ । उनीहरुविरुद्ध विगो र जरिवाना माग दावी गरिएको रकम प्रतिव्यक्ति १० अर्ब २ करोड रुपैयाँ हुन्छ । एकजना प्रतिवादीमाथि माग दावी गरिएको यो हालसम्मकै ठूलो विगो हो ।

वरिष्ठताक्रमको १ नम्बरमा रहेका निलम्बित सहसचिव शर्मा त्यसअघि नै अदालतबाट सफाइ पाएर बढुवाका लागि आफ्नो नाम सिफारिस गराउने प्रयासमा छन् । शर्माले प्रशासन संयन्त्रमा बढुवाको लागि प्रयास गरिरहेका बेला विशेष अदालतले पनि उनीविरुद्धका मुद्दालाई प्राथमिकतामा राखेको छ ।

पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले अवकाश लिएपछि आगामी साउनको अन्तिम साता सचिव बढुवाका लागि बढुवा समितिको बैठक बस्दैछ । वरिष्ठताक्रमको १ नम्बरमा रहेका निलम्बित सहसचिव शर्मा त्यसअघि नै अदालतबाट सफाइ पाएर बढुवाका लागि आफ्नो नाम सिफारिस गराउने प्रयासमा छन् ।

आयोगबाट विभिन्न कामकारवाही हुँदा राज्यलाई ठूलो आर्थिक नोक्सानी पुर्याएको भन्दै कर संकलनमा प्रतिकूल असर पारी राज्यकोषमा हानी नोक्सानी हुने निर्णय गरेको आरोप लगाइएको थियो । ४३ वटा फाइलहरुमाथि मात्रै अनुसन्धान गरेको अख्तियारले पहिलो अभियोगपत्र पेश गरेको थियो ।

शर्मा सहित तीन आरोपित विरुद्धको दोस्रो मुद्दा समेत विशेष अदालतमा आइतबारका लागि सुनुवाइको पेशी तोकिएको हो । अख्तियारले ९ असार २०७८ मा कर फर्छ्योट आयोगमा भएको अनियमितताको दोस्रो मुद्दा दायर गरेको थियो । अख्तियारले दोस्रो मुद्दामा तीनजना पदाधिकारी विरुद्ध एक अर्ब ३३ लाख रुपैयाँ विगो र त्यसको दोब्बर जरिवाना माग दावी गरेको हो ।

सहसचिव चुडामणी शर्मा विरुद्धको तेस्रो मुद्दा समेत विशेष अदालतले सुनुवाइका लागि तोकेको छ । अख्तियारले शर्मामाथि १५ माघ २०७४ मा ४ करोड २९ लाख ५४ हजार रुपैयाँ गैरकानूनी आर्जन गरेको अभियोग लगाएको थियो ।

अख्तियारले शर्मा र उनकी पत्नी कल्पना उप्रेती विरुद्ध गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी त्यसकै आधारमा थप सम्पत्ति आर्जन गरेको आरोप लगाएको थियो । यो मुद्दामा कर फर्छ्यौट आयोग र आयोगबाट भएका निर्णयको सम्बन्ध भने छैन ।

पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले अवकाश पाएपछि आगामी साउनको अन्तिम साता सचिव बढुवाका लागि बढुवा समितिको बैठक बस्दैछ । वरिष्ठताक्रमको १ नम्बरमा रहेका निलम्बित सहसचिव शर्मा त्यसअघि नै अदालतबाट सफाइ पाएर बढुवाका लागि आफ्नो नाम सिफारिस गराउने प्रयासमा छन् ।

त्यसका लागि बढुवा समितिको बैठक बस्नुअघि नै शर्माले तीनवटा मुद्दामा एकसाथ सफाइ पाउनुपर्छ । साउनमा नाम सिफारिस नभए उनले बढुवाका लागि करिव एक वर्ष थप कुर्नुपर्छ । शर्माले प्रशासन संयन्त्रमा यस्तै प्रयास गरेका बेला विशेष अदालतले समेत उनको मुद्दा प्राथमिकतामा राखेर एकसाथ हेर्ने गरी पेशी तोकेको छ ।