(Japan) 10 th August | 2022 | Wednesday | 8:07:13 PM || (Nepal) 4:52:13 PM
 
 

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘गोलाकारभित्र घण्टी' चुनाव चिन्ह

  POSTED ON : Saturday, 02 July, 2022 | Views : 266

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘गोलाकारभित्र घण्टी' चुनाव चिन्ह


काठमाडौँ, नेपाल ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । शुक्रबार निर्वाचन आयोगले उक्त पार्टीलाई मान्यता दिएको हो ।

दल दर्ता भएसँगै उक्त पार्टीलाई चुनाव चिह्न 'गोलाकारभित्र घण्टी' दिइएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टीसँगै निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १८७ पुगेको छ ।

लामो समय पत्रकारिता क्षेत्रमा रहेका रविले असार ७ गते एक कार्यक्रमबीच 'राष्ट्रिय स्वतन्त्र पार्टी' को घोषणा गरेका थिए ।

उक्त पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने घोषणा गरेको छ । निर्वाचनमा 'राइट टु रिकल'को प्रबन्धको माग पनि आफूहरूको प्रमुख एजेन्डा भएको लामिछाने बताउँछन् । पार्टीले कुनै पनि भ्रातृ संगठन नबनाउने र व्यापारीहरुबाट चन्दा नउठाउने घोषणा लामिछानेले गरेका छन् ।