(Japan) 27 th September | 2022 | Tuesday | 4:20:17 PM || (Nepal) 1:05:17 PM
 
 

प्रेमिसँगको सम्बन्धले बिबादित बनेकी राज्यमन्त्री विमला वलीले राजीनामा दिइन्

  POSTED ON : Wednesday, 29 June, 2022 | Views : 732

प्रेमिसँगको सम्बन्धले बिबादित बनेकी राज्यमन्त्री विमला वलीले राजीनामा दिइन्


बुटवल, नेपाल ।

लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री रहेकी विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको स्रोतले दावी गरेको छ ।

माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले आफूले पनि वलीले राजीनामा बुझाएको थाहा पाएर मुख्यमन्त्री कार्यालयमा बुझ्न गएको बताए ।

जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि त्यसबारे छानबिन गर्न सरकारले समिति समेत गठन गरेको थियो ।

पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् ।

फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेकी थिइन् । त्यसपछि माओवादीले उनलाई राज्यमन्त्री बनाएको थियो ।

उनी पदमा रहँदा प्रेमी बताइएका एकराज बस्नेतसंगको समन्ध काण्डले बिबादमा मुछिदै आएकी थिइन ।