भक्तपुर, नेपाल ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नीशोक परेको छ ।
बिजुक्छेकी पत्नी शोभा प्रधानको बुधबार दिउँसो ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको नेमकिपाका जिल्ला अध्यक्ष एवं प्रदेश सांसद सुरेन्द्रराज गोसाईंले जानकारी दिए ।
रामेछाप ठोसेमा जन्मिएकी ६२ वर्षीया प्रधान क्यान्सरबाट पीडित थिइन् । नेता बिजुक्छेंसँग प्रधानको २०४० मंसिर ११ गते विवाह भएको थियो ।
उनीहरुको सुवेग र सुवान गरी दुई छोरा छन् । शिक्षण पेशामा आवद्ध प्रधान नेमकिपाको नेपाल क्रान्तिकारी महिला संघको सदस्य थिइन् ।
पहिलोपल्ट क्यान्सरमुक्त भएकी प्रधान क्यान्सर दोहोरिएपछि थलिएकी थिइन् ।