(Japan) 29 th March | 2024 | Friday | 2:26:38 PM || (Nepal) 11:11:38 AM
 
 


परराष्ट्रमन्त्री नारायण खड्का अमेरिकी सेना नेपाल भित्राउने स्टेट पार्टनरसीपको बचाउमा

  POSTED ON : Wednesday, 15 June, 2022 | Views : 1878

परराष्ट्रमन्त्री नारायण खड्का अमेरिकी सेना नेपाल भित्राउने स्टेट पार्टनरसीपको बचाउमा


काठमाडौं, नेपाल ।

परराष्ट्रमन्त्री रहेका काँग्रेस नेता नारायण खड्का अमेरिकी सेनालाई बैध तरिकाले नेपालमा भित्राउने राष्ट्रघाती अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम ९एसपीपी० को बचाउ गर्दै यसमा हस्ताक्षर गर्ने संकेत दिएका छन् । 

मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा परराष्ट्रमन्त्री खड्काले यस्तो संकेत गरेका हुन्।

अमेरिकी सरकारको स्टेट पार्टनरसीप प्रोग्राम ९एसपीपी०मा सामेल भएर सरकारले असंलग्न परराष्ट्र नीति उल्लंघन गरेको भन्दै सांसदहरुले सदनमा जवाफ माग गरेका थिए।

सांसदहरुको प्रश्नको जवाफ दिनेक्रममा परराष्ट्रमन्त्री खड्काले एसपीपी कुनै सैन्य रणनीति नभएको दाबी गरे। एसपीपीले मानवीय र प्राकृतिक विपत्‌मा सहकार्य गर्ने तथा साँस्कृतिक आदान–प्रदान गर्ने मन्त्री खड्काको जिकीर छ। यो कुनै सन्धि नभएको उनको भनाइ थियो।

‘अमेरिकाले मानवीय सहयोग गर्ने क्रममा, प्राकृतिक प्रकोप सम्बोधन गर्दै साँस्कृतिक क्षमता आदान–प्रदान गर्ने कन्सेप्टबाट आएको हो, स्टेट पार्टनरसीप प्रोग्राम। यो ट्रिटी होइन। साझेदारी हो। अस्थायी खालको कन्सेप्ट हो यो। कुनै खास मिसनपछि यो जान्छ। सकिन्छ। यहाँ केही समय बस्छ,’ मन्त्री खड्काले भने।

अमेरिकी सेनाको प्यासिफिक कमाण्डका कमाण्डर जनरल चार्ल्स ए फ्लिनको नेपाल भ्रमणपछि नेपाल अमेरिकी सैन्य गठबन्धनमा फस्न लागेको टिप्पणी भएको थियो।

उनले नेपाल अमेरिकी सैन्य गठबन्धनमा जान लागेको भन्ने हल्ला निराधार भएको बताए। परराष्ट्रमन्त्री खड्काले हल्लाको पछि नलाग्न सांसदहरुलाई आग्रह गरे।

उनले भने, ‘यो सरकार स्वाभिमानी छ। देशभक्त छ। म विश्वासका साथ भन्न चाहन्छु– सरकार कुनै पनि सैन्य गठबन्धनमा जाँदैन। आवश्यकता छैन। पत्रिकाको हल्लाको आधारमा नजाऔँ। सैन्य गठबन्धनमा जाने कुराहरु निराधार हुन्।’

एसपीपीअन्तर्गत विभिन्न देशका सेनासँग सहकार्य गरेर मानवीय तथा प्राकृतिक प्रकोपका लागि काम गरिने उनले बताए। उनले भने, ‘विभिन्न देशका सेनासँग सैन्य सहकार्य गरेर मानवीय र प्राकृतिक प्रकोपका लागि काम गर्ने हो। जुन अहिले मिडियामा आएको कि सैन्य गठबन्धनमा फस्न लाग्यो नेपाल फ्लिनको भ्रमणले भन्ने। यो खालको कुराहरु होइन।’

संविधानले मार्गनिर्देश गरेको परराष्ट्र नीतिका मूल्य मान्यताप्रति सरकार प्रतिवद्ध रहेको परराष्ट्रमन्त्री खड्काको भनाइ थियो।

उनले भने, ‘परराष्ट्र नीतिका निश्चित आदर्श मूल्य मान्यता हुन्छन्। हाम्रो संविधानले निर्दिष्ट गरेको मार्ग निर्देशन, संयुक्त राष्ट्रसंघको बडापत्र, विभिन्न चरणमा गरिएका हाम्रा प्रतिवद्धताहरु, अन्तर्राष्ट्रिय कानुनलगायतका विषयहरुले र हाम्रो मूल तथ्यमा भन्नुपर्दाखेरी हाम्रो राष्ट्रिय हितलाई प्रवर्द्धन गर्ने क्रममा परराष्ट्र नीति अख्तियार गरिन्छ।’

कुनै पनि देशको परराष्ट्र नीतिको मूल उद्देश्य भनेको आफ्नो सार्वभौमता, अखण्डता र स्वाधिनताको रक्षा गर्दै आर्थिक समुन्नतीलाई हासिल गर्नको लागि उपर्युक्त नीतिहरु अख्तियार गर्नु रहने उनले बताए।

परराष्ट्र नीति कुनै आग्रह, पूर्वग्रह, उत्तेजना र राजनीतिक अतिवादमा नचल्ने उनको भनाइ थियो ।

...

नेपालको जुनसुकै भागमा अमेरिकी सेना तैनाथ हुन पाउने गरी एसपीपी सम्झौता गर्न अमेरिकी ताकेता, देउवा सकारात्मक