(Japan) 29 th March | 2024 | Friday | 2:39:39 PM || (Nepal) 11:24:39 AM
 
 


मुस्ताङमा २२ यात्रु सवार तारा एयरको बिमान दुर्घटना

  POSTED ON : Sunday, 29 May, 2022 | Views : 3638

मुस्ताङमा २२ यात्रु सवार तारा एयरको बिमान दुर्घटना


पोखरा, नेपाल ।

तारा एयरको २२ जना यात्रारत बिमान सम्पर्क विहिन बन्न पुगेको छ । जहाज मुस्तामुस्ताङको लेले माथिको पहाडमा दुर्घटनाग्रस्त भएको ठानिएको छ । दुर्घटनाको समयमा सो क्षेत्रमा हावाहुरी र भारी बर्षा भइरहेको बताइएको छ ।

चालक दलका तीन जना सहित २२ जना यात्रारत तारा एयरको बिमान खोजिको लागि काठमाडौंबाट हेलिकोप्टर पठाइएको र स्थानिय प्रशासनले खोजि थालेको जनाएको छ ।

बिमानमा दुई जर्मनी, चार भारतीय र १३ नेपाली नागरिक सवार रहेका थिए । 

तारा एयरको 9N-AET कल साइन भएको ट्वीनेटर जहाज आइतबार बिहान ९।५५ बजे पोखराबाट जोमसोमको लागि उडेको थियो।

जहाजमा दुई जर्मनी नागरिक, चार भारतीय र बाँकी १३ जना नेपाली  नागरिक रहेको नागरिक उड्डयन कार्यालय पोखराका एक अधिकारीले जानकारी दिएका छन् ।

जहाजमा तीनजना चालक दलका सदस्यसहित २२ जना थिए ।