(Japan) 27 th September | 2022 | Tuesday | 5:00:24 PM || (Nepal) 1:45:24 PM
 
 

बालेन शाह कामनपा मेयरमा निर्वाचीत ! निकटतम प्रतिद्वन्द्वी सिर्जनाद्वारा हार स्विकार

  POSTED ON : Wednesday, 25 May, 2022 | Views : 1908

बालेन शाह कामनपा मेयरमा निर्वाचीत ! निकटतम प्रतिद्वन्द्वी सिर्जनाद्वारा हार स्विकार


काठमाडौं, नेपाल ।

काठमाडौँ महानगरपालिकाको मेयरमा अनौपचारिक रुपमा स्वतन्त्र उम्मेदवार बालेन शाह बिजयी भएका छन् । जारी मतगणनामा गन्न बाँकी रहेको र बालेन शाहले पाएको मतसँग आफ्नो मतान्तर समान स्तरको रहँदा सिर्जना सिंहले हार स्विकार गरेकी छिन् ।

अब करिव २२ हजार मत गणना हुन बाँकी रहेको छ । बालेन र सिंहले पाएको मतको मतान्तर करिव २१ हजार छ । तेस्रोमा केशव स्थापितको समेत २२ हजार मतान्तर रहेको छ ।

मतगणनाको सुरुवाती चरणदेखि नै अग्रता कायम गरेका शाह २५ हजार भन्दा बढी मतान्तरका साथ कामनपाको मेयर पदमा विजयी हुने देखिएको छ ।

हालसम्म गणना भएको १ लाख ६८ हजार ४८७ मतमध्ये मेयरमा बालेन शाहले ५४ हजार ७१८ मत प्राप्त गरेका छन् ।

जबकी उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिंहले केवल ३४ हजार ६ सय ८ मत प्राप्त गरेकी छन् ।

बालेन र सिर्जनाबीच २० हजार ११० मतान्तर रहेको छ । भने बालेन र स्थापितबिच २० हजार ७४३ मतान्तर रहेको छ ।

यस्तै, नेकपा एमालेका उम्मेदवार रहेका केशव स्थापित तेस्रो नम्वरमा रहँदा ३३ हजार ९७५ मत प्राप्त गरेका छन् ।

काठमाडौं महानगरपालिकाको मतगणना छिटोमा भोली अबेरमात्र सकिने देखिन्छ । औपचारिक मतगणना समापनसँगै पर्सी शुक्रबार काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाह बिजयी भएको घोषणा निर्वाचन आयोगले गर्नेछ ।