(Japan) 27 th September | 2022 | Tuesday | 6:07:57 PM || (Nepal) 2:52:57 PM
 
 

ललितपुर महानगरको मेयरमा चिरिबाबु र उपमेयरमा मन्जली निर्वाचित

  POSTED ON : Wednesday, 25 May, 2022 | Views : 516

ललितपुर महानगरको मेयरमा चिरिबाबु र उपमेयरमा मन्जली निर्वाचित


काठमाडौं, नेपाल ।

ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जन निर्वाचित भएका छन्। 

मंगलबार मतगणना सकिएसँगै उनी भारी मतले निर्वाचित भएका हुन्। उनले नेकपा एमालेका प्रतिस्पर्धी हरिकृष्ण व्यञ्जनकारलाई पछि पारेका हुन्। 

महर्जन सुरूआती मतगणनादेखि नै अगाडि थिए। 

यस्तै एमालेकी उपमेयरमा मन्जली शाक्य बज्राचार्य निर्वाचित भएकी छन्। उनले गठबन्धनको तर्फबाट उपमेयर उम्मेदवार नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यलाई पछि पारेकी हुन्।

निर्वाचन आयोगबाट आधिकारिक घोषणा हुन भने बाँकी छ।